आजदेखि २० रुपैयाँको नयाँ नोट, नोटमा के–के छ ?

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १३:२५  मा प्रकाशित
५०८ पाठक संख्या



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा बायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको छ । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ । यसैगरी नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र पनि रहेको छ ।

Write your Comment