आफ्नै गृह जिल्लाको सडकमा डा. भट्टराईको गाडी फसेपछि …

रातोघर

 २१ आश्विन २०८०, आईतवार १३:२५  मा प्रकाशित
४०२ पाठक संख्या



काठमाडौँ ।

वर्षा याममा ग्रामीण सडकको अवस्थाबारे तपाइँ हामी जानकार नै छौँ । सडकको अवस्था जीर्ण हुँदा पनि स्तरोन्नति नभएपछि नागरिकहरू नेतालाई गाली गर्दै यात्रा गरिरहेको भेटिन्छन् ।

तर नेताहरू नै यस्ता सडकमा फसे भने के भन्छन् होला ? हालै आफ्नो गृह जिल्लाको सडकमा पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गाडी फस्न पुग्यो ।

हिलाम्मे सडकमा गाडी फसेको तस्बिरसहित डा. भट्टराईले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । गोरखाको भीमसेन गाउँपालिका–६ रिपमा उनको गाडी फसेको हो । गाडी फसेपछि पैदल नै उनी अगाडि बढेको तस्बिरमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै !’

Write your Comment