काठमाण्डौ ।
इजरायलमा रहेका २ सय ५३ जना नेपाली काठमाडौंका लागि उडेका छन् । उनीहरू नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं आउन लागेका हुन् ।सरकारले उनीहरूको उद्दारका लागि निगमको जहाज पठाएको थियो । निगमको जहाज राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ ।
इजरायलको बेन गुरियन विमानस्थलबाट केहीबेरअघि उडेका छन् । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजराजय गएका छन् । आज बिहान साढे २ बजे नेवानीको विमानइजरायलका लागि उडेको थियो ।
Write your Comment