सांसद श्रेष्ठको पहलमा व्यवस्थित बन्दै सिमरा

रातोघर

 २६ भाद्र २०८१, बुधबार १६:२८  मा प्रकाशित
२६९ पाठक संख्या



सिमरा । बारा–४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ ९किसान० को अगुवाईमा इलाका प्रशासन कार्यालय सिमराले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । श्रेष्ठको पहलमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै इलाका प्रहरी कार्यालय सिमराको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालयलाई भोगाधिकार दिने निर्णय गरेको थियो । प्रशासन कार्यालयले सिमरामा २०४६ सालदेखि भाडाको घरबाट सेवा प्रवाह दिँदै आएको थियो ।

मन्त्रालयको यो निर्णयले सिमराबासीको वर्षौंदेखिको सपना पूरा भएको छ । राजधानीमा नेकपा एकीकृत समाजवादीभित्रको विद्रोह छताछुल्ल भइ पार्टी विभाजन हुने भन्ने हल्ला चलिरहेको बेला सांसद श्रेष्ठ आफू भने जनताको काममा तल्लीन रहेको बताउँछन् । उनले जग्गाको भोगाधिकार संगै कार्यालयका लागि नयाँ प्रशासनिक भवनका लागि समेत आफ्नो दौडधुप शुरु भएको बताए ।

यधपी दसैं अघिनै प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गर्ने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । यसैबिच श्रेष्ठले सिमरा बिमानस्थल जानेबाटो ९एयरपोर्ट रोड० समेतको स्थगलगत अध्ययन गरि यसलाई व्यवस्थित र फराकिलो बनाउन मन्त्रालयकै बजेटको लबिङ्ग गर्ने समेत प्रतिबद्धता जनाए ।

उनले सिमरामा बसपार्क व्यवस्थापन, फोहरमैला व्यवस्थान लगाएत विभिन्न बिकास निर्माणका अभियान मार्फत ञव्यवस्थित सिमराझ को आफ्नो सपनालाई सफल बनाउन सबै तह र निकायसंग समन्वय गर्ने समेत बताए ।

Write your Comment