

बारा । बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन भइरहेका घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ। प्रहरीले भट्टी नष्ट गर्नुका साथै करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरेको हो।
प्राप्त सूचनाका आधारमा बुधबार बिहान करिब १० बजे प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा चार सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो।
टोलीले महागढीमाई नगरपालिका–३ र वडा नं. १० का विभिन्न स्थानमा अनुगमन तथा कारबाही गर्दै अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू नष्ट गरेको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरिएको थियो। कारबाही सम्पन्न गरी प्रहरी टोली बिहान १०ः५० बजे प्रहरी चौकी गञ्जभवानीपुर फर्किएको थियो।
अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले उक्त कारबाही गरेको हो।





Write your Comment