हुण्डी कारोबारमा संलग्न २ जना १० लाख २० हजार रुपैंया सहित पक्राउ

पुष्पराज खतिवडा

 ८ श्रावण २०८१, मंगलवार ११:०८  मा प्रकाशित
२५५ पाठक संख्या



बारा – प्रहरीले अबैध हुण्डी कारोबारमा संलग्न दुईजनालाई १० लाख २० हजार रुपैंया सहित पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फेटा गाँउपालिका वडा नं.६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र सोही ठाउँका २२ बर्षका बागर अंसारी भएको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार अपराहन्न बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाकाबाट पक्राउ गरेको हो ।

छतवाका प्रहरी वरिष्ठ नायव निरिक्षक सन्तोष के.सि.को कमाण्डमा खटिएको टोलिले ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ श्रोत नखुलेको रकम ल्याउँदै गर्दा उनीरुलाई नियन्त्रणमा हो ।

पक्राउ परेकाहरु उपर हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानाकारी दिनुभयो ।

Write your Comment