

सिमरा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका–८ वडा कमिटीले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मेघा शाहीसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य शाही, वरिष्ठ अतिथि कृष्णवर्त सिंह तथा बारा क्षेत्र नं. ४ का सभापति लोकेशकुमार सिंह सहभागी थिए। त्यसैगरी प्रदेशसभा क्षेत्र नं. ४ (क) का सभापति छविलाल शर्मा, क्षेत्र नं. ४ (ख) का सभापति विजय गुप्ता, जीतपुरसिमरा नगर सभापति रमेश पण्डितलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जीतपुरसिमरा–७ का वडा सभापति सुरेन्द्र गुप्ता, वडा नं. ६ का सभापति फैजल अन्सारी, वडा नं. ८ का सभापति कैलाश महतो धानुक, महाधिवेशन प्रतिनिधि इन्द्रबहादुर पन्त तथा बारा क्षेत्र नं. ४ का सहसचिव रविन्द्रप्रसाद कुशवाहालगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।
पर्वको शुभकामना आदानप्रदानसँगै कार्यक्रममा पार्टीको संगठनात्मक एकता, आपसी सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। विभिन्न तहका नेता तथा कार्यकर्ताबीच आपसी सम्बन्ध र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण नेता, अग्रज व्यक्तित्व, शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (क) का सहसचिव रविन्द्रप्रसाद कुशवाहाले सबैको साथ, सहयोग र मार्गदर्शनले पार्टी संगठनलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।





Write your Comment