डुमरवानामा खेतको कुलोमा भेटियो ३० वर्षीय युवकको शव, मृत्युको कारण खुलेन

रातोघर

 २०८३ कार्तिक २१, शनिबार  मा प्रकाशित
१  पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३० वर्षीय वीरेन्द्र माझीको शव खेतको कुलोमा भेटिएको हो।

स्थानीयका अनुसार ट्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। शनिबार बिहान खेतको कुलोमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको स्थान नजिकै साइकल र झोलासमेत फेला परेको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राख्दै आवश्यक अनुसन्धान अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

माझीको मृत्यु कसरी र के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban