बकाइनोको रुखमा घाँस काट्ने क्रममा लडेर ६४ वर्षीय वृद्धको मृत्यु

रातोघर

 २०८३ कार्तिक १८, बुधबार  मा प्रकाशित
२ पाठक संख्या


बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ। घाँस काट्न रुखमा चढेका स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङको लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते बिहान करिब ८ः१० बजे थिङ आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काटिरहेका थिए। सोही क्रममा अचानक रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए।

घाइते थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले बिहान ८ः४९ बजे जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा SOCO सहित पाँच जनाको टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी बिहान ९ः३७ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban