जीतपुरसिमरामा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत, गुप्ताको नेतृत्वमा २१ सदस्यीय समिति

रातोघर

 २०८३ आश्विन ३, शनिबार  मा प्रकाशित
१  पाठक संख्या


बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको एक वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै क्षेत्रीय प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका छन्।
अधिवेशनले सुरेन्द्रप्रसाद गुप्ताको सभापतित्वमा २१ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ। समितिको उपसभापतिमा विभा गुप्ता र कमलेश राम, सचिवमा विजय गुप्ता तथा सहसचिवमा आदित्यकुमार शाह चयन भएका छन्। त्यस्तै भागकुमारी ढकाल (सुन्तली) कोषाध्यक्षमा चयन भएकी छन्।
वडा कार्यसमितिमा पदाधिकारीसहित १५ जना सदस्य चयन गरिएको जनाइएको छ। यससँगै वडा तहको नेतृत्व संरचना २१ सदस्यीय बनेको हो।
त्यस्तै अधिवेशनबाट कृष्णव्रत सिंह, दुर्गाकुमारी रिजाल, मन्नु पाठक, बलिराम शाह, मुगले आजम मन्सुर, महान गिरी, पवन सिंह लगायत २३ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको चयन सर्वसम्मत रूपमा गरिएको निर्वाचन अधिकृत हेमन्त शर्माले जानकारी दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban