महँगीको विरोध प्रदर्शन फ्रान्सको अर्थव्यवस्थाका लागि विध्वंश

फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् ।

कृष्ण सिग्देल

 २४ मंसिर २०७५, सोमबार ०८:४८  मा प्रकाशित
२७६७ पाठक संख्या



फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् ।

अर्थमन्त्री ब्रुनोले अहिलेको स्थिती समाज र लोकतन्त्रका लागि संकट बताएका छन् ।

पेरिसमा प्रदर्शनको क्रममा तोडिएका पसलहरुको विवरण लिन पुगेका अर्थमन्त्रीले भने, ‘यो व्यापारका लागि विनाश हो, यो हाम्रो अर्थव्यवस्थाका लागि विध्वंश हो ।’

तेलको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको महँगी र अन्य मुद्दाका लागि फ्रान्सका श्रमिक वर्ग पछिल्लो चार हप्तादेखि हरेक शनिबार–आइतबार प्रदर्शन गरिरहेका छन् ।

यो शनिबार सवा लाखदेखि अधिक मानिसले प्रदर्शनमा भाग लिए र १२ सय बढीलाई पक्राउ गरिएको छ ।

Write your Comment