सिमरा ।
राष्ट्रिय गौरवका रुपमा बारामा निर्माणाधिन दोस्रो अन्तराष्ट्रिय बिमानस्थलबारे प्रदेश २ का एक मन्त्रीले एक कार्यक्रममा दिएको अभिब्यक्ती प्रती बाराका बिभिन्न स्थानिय तहले आपत्ती जनाएका छन् ।
प्रदेश नम्बर २ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामनरेश रायले राष्ट्रिय मिडियामै बिमानस्थलका लागी रुख कटान गर्न नदिने अभिब्यक्ती दिएपछी बाराका तिन नगरपालिकाले त्यसको बिरोध गरेको हो ।
आईतबार बिज्ञप्ती जारी गर्दै जीतपुरसिमरा उपमहानगरपालीका सहित निजगढ र कोल्हबी नगरपालिकाले मन्त्री रायको अभिब्यक्ति प्रति दुःख ब्यक्त गर्दै स्थानिय जनतालाई बिकास बिरोधी जुनसुकै षडयन्त्रलाई नकार्न समेत अह्वान गरेको छ ।
‘बिमानस्थल क्षेत्रभित्र पर्ने टाँगियाबस्तीका एक हजार चार सय ७६ घरधुरीलाई उचित ब्यवस्थापन गर्दै कम रुख कटान गरेर ग्रिन एयरपोर्ट निर्माण गरेर पनि बन तथा वातावरण जोगाउन सकिने भएकाले बिमानस्थल बारामा बनाउन पर्छ भन्ने धारणा राख्दछु ।’, निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘बिमानस्थल बन्न नदिने यस प्रकारका आवाजहरुलाई बिरोध गर्न समेत आग्रह गदर्छु ।’
यस्तै जीतपुरसिमराका मेयर डा. कृष्ण पौडेलले पनी बिमानस्थल निर्माणका लागी धेरै हदैसम्म पुर्वतयारी भैसकेको र शिलन्यास हुने समयमा आयोजनालाई प्रतिकुल असर पर्नेगरी आएको मन्त्री रायको अभिब्यत्ति निराशाजनक रहेको बिज्ञप्तीमा जनाइएको छन् । उनले अब आयोजनाको कुनै बिकल्प नखोजी बिनाबिलम्ब अघि बढाउन सहयोगी भुमिका निर्वाह गर्न समेत प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
यसैबिच कोल्हबी नगरपालीकाका मेयर भरत भण्डारीले पनी अब दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको बिकल्प नभएको भन्दै मन्त्री रायको अभिब्यक्ति बिरुद्ध बिज्ञप्ती निकालेर बिरोध जनाएका छन् ।
बारामा बिमानस्थल निर्माण भएपश्चात हाल मुलुकको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा रहँदै आएको हवाई चाप घट्ने र निर्माणाधिन द्रुतमार्ग हुँदै छोटो समयमानै राजधानी पुग्न सकिने भएकाले यो स्थानमा बिमानस्थल बनाउन बिलम्ब गर्न नहुने समेत बिज्ञप्तीमा जनाईएको छ ।
Write your Comment