Advertisement
SKIP THIS

बारामा वैज्ञानिक वनका नाममा ७ हजार बढी रुख स्वाहा

रातोघर

 १६ भाद्र २०७६, सोमबार २०:२१  मा प्रकाशित

पुष्पराज खतिवडा
बारा, १६ भाद्र ।

जिल्ला वन कार्यालय बाराले वैज्ञानिक वन ब्यवस्थापनका नाममा ७ हजार ५ सय बढी रुख कटान गरेको छ । सो क्रममा गतबर्ष मात्रै २ हजार ५३८ रुख काटीएको उल्लेख छ ।

जिल्ला वनको स्विकृतीमा हलखोरिया तथा गढिमाई वन ब्यवस्थापन समुहले बैज्ञानिक वन निर्धारित क्षेत्रमा उक्त संख्यामा रुख कटान गरेका हुन् ।

बारामा आर्थीक बर्ष २०७३।०७४ बाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम लागु गरिएको थियो ।
बैज्ञानिक वन ब्यवस्थापनका लागि तीन बर्षमा निर्धारित क्षेत्रबाट ७ हजार ५ सयबढी अनुत्पादक रुख कटान गरिएको सहायक वन अधिकृत रामगणेश साहले जानकारी दिए ।
वैज्ञानिक वन ब्यवस्थापनका लागि रुख काटिएको क्षेत्रलाई तारबार लगाई संरक्षित वन क्षेत्र बनाईएको साहले जानकारी दिए ।

यसरी काटिएका रुखबाट २ लाख ६१ हजार ६३७ क्यु.फिट काठ र ३८७।५० चट्टा दाउरा उत्पादन भएको छ ।
उत्पादीत काठ तथा दाउरा नियमानुसार विक्रि वितरण गरिएको उनले जनाए । जस्मा तराई मधेश द्रुतमार्ग तथा वन क्षेत्रबाट निकालिएका ५८ हजार ०८८ क्यु.फिट काठ र ४१।५ चट्टा दाउरा रहेको उनको भनाई छ ।

यद्यपी द्रुतमार्ग क्षेत्रबाट काटिएका काठ, दाउराको उचित ब्यवस्थापन नभएको स्थानियले गुनासो गरेका छन् । निजगढ नजिकै राखिएका काठ कुहिन थालेका स्थानिय मान बहादुर लामाले बताए ।
काठको ब्यवस्थापन र वित्रि वितरणको काम जारी रहेको छ । यद्यपी प्राविधिक कुरा नमिल्दा ढिला हुन गएको हो । नेपाली सेनाले काटेका रुखको प्राविधिक मुल्याकङ्कन मिलाउने कुमा समय धेरै लाग्न गएको बकैया नगमणी सामुदायिक वन समितिको अध्यक्ष रवीराज दंगालले जानकारी दिए ।

वैज्ञानिक वन ब्यवस्थानका लागि हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिले पसाहखोला पश्चिम, दुधौरा खोला पूर्व, महेन्द्र राजमार्ग दक्षिण र मनहर्वा डुमरवाना आवादी क्षेत्र ओगटेको छ । यसक्षेत्रमा हलखोरियाले २०३८।४६ हेक्टर क्षेत्रफलमा काम थालेको हो ।

त्यस्तै गढिमाई साझेदारी वन ब्यवस्थापन समितिले दुधौरा खोला पश्चिम, महेन्द्र राजमार्ग पूर्व, राजमार्गबाटै उत्तर र आधारभारबाट दुधौरा खोला जोड्ने फारलाईनबाट दक्षिण क्षेत्र पाएको छ । गढिमाईले पनी यस क्षेत्रमा ९९८।३७ हेक्टर क्षेत्रफलमा काम गरिरहेको जनाएको छ ।

कार्यक्रम अन्तरगत समितिले स्विकृत प्राप्त क्षेत्रमा ८ ब्लक बनाएको छ । ब्लकलाई पनी यूनिटमा निर्धारण गरी काम भैरहेको गरि रहेको जनाएको छ । प्रति १ ब्लकमा १० यूनिट रहने र १ यूनिटमा २५ हेक्टर सम्म जमिन क्षेत्रका केही माउ रुख बाहेक अनुत्पादक रुख काटिएको हो ।

यसरी काटिएका रुखमा साल, जामुन, श्रीसर,हर्रो बर्रो, सिन्धुरे ,कुसुम आदी रहेको वन अधिकृत साहले जानकारी दिए । उनका अनुसार ८० बर्षे योजनाका साथ हाल १० बर्षको कार्ययोजना स्विकृत गरि काम भैरहेको हो ।

विशेष गरी कुकाठ विस्थापन गरी सालका विरुवा हुर्काउने र बहुमुल्य वन बनाउने सरकारी योजना हो वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम । यो कार्यक्रम बारामा मात्रै नभएर देशका धेरै जिल्लामा संचालनमा रहेको साहले जानकारी दिए ।

Write your Comment