समता लघुबित्तको छैटौ साधारण सभा सम्पन्न

प्रकास लम्साल

 १ माघ २०७६, बुधबार १९:५६  मा प्रकाशित

सिमरा ।

समता लघुबित बितीय संस्था सिमराको छैटौ साधारण सभा बाराको सिमरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डम्मरमणी लिम्बुको अयक्षतामा सम्पन्न उक्त सभाको उदघाटन जितपुर सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेलले गरेका थिए । तिन प्रदेशको दश जिल्लामा २४ शाखा मार्फत काम गर्दै आएको उक्त संस्थाले शेयर धनीलाई ५ प्रतिशत बोनस शेयर ५.५३ प्रतीशत कर सहित नगद लाभान्स दिने निर्णय गरेको छ ।

चालु आर्थिक बर्षमा संस्थाको कुल चुक्ता पुजी हकप्रद र गत आर्थिक बर्षको बोनश सेयर सहित १९ करोड ११ लाख १६ हजार ८ सय पुगेको जनाईएको छ ।
यस संस्थालाई राष्टिय स्तरमा उन्नतीका लागी नेपाल राष्ट बैकसंग आबश्यक पहल गर्ने सभाले निर्णय गरेको छ ।

सभाले संस्थाको रिक्त संचालक पदमा सर्बसाधारण सेयर धनीका तर्फबाट अनुपा ओझालाई निर्बिरोध निर्बाचित गरेको छ ।

सभालाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथी कृष्ण पौडेलले समताको समाजमा प्रभाब र मुल्यांकन सम्बन्धि राय राख्दै राष्टिय स्तरमा उन्नतीका लागी शुभकामना ब्यक्त गरे । उनले समताको बितिय सेवाले समाजमा राम्रो प्रभाव पारेको भन्दै स्थानियमा स्वरोजगारी श्रृजना गरी आर्थिक बिकासमा राम्रो सेवा दिइरहेकोमा खुशी ब्यक्त गरे ।

यसैगरी संस्थाका अध्यक्ष डम्मबरमणी लिम्बुले लघुबित संस्थाहरु बिच बढेको अस्वस्थ प्रतीस्पर्धाले बजारमा देखिएको तरलता अभाब तथा कर्जा सापटमा अधिकतम बिन्दुसम्म ब्याजदरका बाबजुद संस्था यहा सम्म आई पुग्नमा संस्थाका प्रमुख कार्यकारी डा. मदन घिमिरे लगाएतका कर्मचारीलाई धन्यबाद दिएका थिए ।

त्यस्तै संस्थाका कार्यकारी प्रमुख डा. मदन घिमिरेले संस्थाले आफनो कार्य क्षेत्रमा बिपन्न बर्गको जिबनस्तर उकास्न कृषि, पशुपालन,ब्यबसाय तथा बैकल्पिक उर्जाका लागी कर्जा प्रबाह गर्नुका साथै ब्यबसायीक कृषि पशुपालन ,बितिय कारोबार का लागी क्षमता अभिबिद्धि तालीम संचालन गर्दै आएको र आगामी कार्यक्रमको योजनाको कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सदस्य बृद्धि गर्ने रौतहटको शिबनगर शाखा, नाफा कमाउन सफल बाराको बरियारपुर शाखा र उत्कृत शाखा मध्ये निजगढलाई सम्मान गरिएको छ ।
३४ हजार बढि सदस्य रहेको उक्त संस्थाले २०७६ मंसिरसम्म ५७ करोड ७२ लाख बचत संकलन गरी १ अर्ब ४८ करोड कर्जा लगानी गरेको छ ।

Write your Comment