लकडाउनका कारण बाराका माछापालक किसान मर्कामा

रातोघर

 २९ चैत्र २०७६, शनिबार १६:५१  मा प्रकाशित

बारा।
बारा जिल्लामा कोभिड–१९ (कोरोना) को महामारीको प्रकोपबाट बच्नको लागि चैत्र ११ गते देखि नेपाल सरकारले गरेको लकडाउनले बाराका माछा किसानहरु अहिले मर्कामा परेका छन् । लकडाउनका कारण माछाको स्थानीय लगायत बाह्य पनि बजार बन्द भए पछि बेच्ने बेला भएका माछा पनि पोखरी मैं पालेर राख्नु परे पछि किसानहरु मर्कामा परेका हुँन् ।

यस्तै , उक्त व्यवसायमा करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् । ‘यो सिजन भनेको माछाको प्रजनन् गर्ने र भुरा उत्पादन गर्ने हो । अहिले लकडाउनले भुरा र दाना दुबैको अभाव छ । बारा जिल्लालाई स्पेशल माछा जोनको रुपमा सरकारले घोषणा गरिसकेको अवस्था छ ।

कलैया उपमहानगर, कोहल्वी नगरपालिका, सिम्रौनगढ नगरपालिका लगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछा पालन व्यवसायमा आवद्ध छन् ।यस्तै , उक्त व्यवसायमा करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् । ‘यो सिजन भनेको माछाको प्रजनन् गर्ने र भुरा उत्पादन गर्ने हो । अहिले लकडाउनले भुरा र दाना दुबैको अभाव छ । बारा जिल्लालाई स्पेशल माछा जोनको रुपमा सरकारले घोषणा गरिसकेको अवस्था छ ।

‘माछा किसान सहिँत माछा व्यावसायसँग जोडिएका परिवारले माछा बेचेर तरकारी चामल किनेर खाने परिवार याहाँ धेरै छन् । ती परिवार अहिले सबै भन्दा ठूलो समस्यामा रहेको नेपाल मत्स्य व्यवसायी संघ बाराका पुर्व अध्यक्ष जंगबहादुर साहले बताए ।

उनले ‘पहिले बारा जिल्लाबाट मात्रै दैनिक जिउँदो माछा २५ देखि ३० क्विन्टल र छरी माछा , सिंग्गल फ्राई माछा, ३५ देखि ४० क्विईन्टल अन्य जिल्लामा निर्यात हुने गरेकोमा लकडाउनले छरी माछाको व्यवसाय पूरै बन्द भएको बताउँदै उनले जिउँदो माछा पनि ८ देखि १० क्विन्टल मात्रै काठमाण्डौं र पोखरा छिटफुट रुपमा जाने गरेको साहले बताए ।कोल्हबी नगरपालिका वडा नं.५ का माछा पालक किसान रामअयोध्या चौधरी बताउछन् ।उनले आँफुले करिव तीन बिगाहमा माछा पोखरी भाडामा सञ्चालन गरेकोमा भाडा बुझाउँन नसकिने अवस्था आएको बताए ।

‘अहिले सबै भन्दा ठूलो समस्या माछाका भुरा र दानाको छ । भुरा र दाना किन्न किसान एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन । ‘कृषकको पोखरीमा माछा छ तर, घरमा खाने अन्न छैन । बारामा विशेषगरी रोहु, नैनी, ग्रास कपन, बिग्रेड जातका माछाहरु उत्पादन हुँने गर्दछ ।

बारामा उत्पादन भएका माछा देशभरका काठमाण्डौं, पोखरा लगायतका ठुला शहरहरुमा निर्यात हुने गर्दछ । यस जिल्लामा मात्रै ६ हजार ७ सय ६८ वटा माछा पोखरी छन् । लकडाउनका कारण दुई साता अघि देखि माछा व्यवसाय पुरै बन्द छ, भने माछाका लागि आवश्यक दानाको पनि अभाव देखिएको छ ।

Write your Comment