

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना महामारी रोकथामका लागी बिभिन्न तयारी थालिएको छ । नगरमा स्थानियका ब्यापक गुनासो र आलोचनापछी नगरले प्रमुख जिल्ला अधिकारी सहितको रहोवरमा तयारी अगाडी बढाएको हो ।
नगरको वडा नम्बर २ मा स्थापना गरिएको कोरोना अस्थाई उपचार केन्द्रको स्तर वृद्धी गरी ३ सय सैयाको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ । त्यसैगरी पथलैया स्थित स्वास्थ्य तालिम केन्द्रमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गर्ने समेत निर्णय गरिएको छ ।
यसको निरन्तर संचालनका लागी नगरले प्रदेश सरकारसंग समन्वय गरी तयारी थाल्ने समेत बताइएको छ । त्यसैगरी नगरका मौजुदा स्वास्थ्य जनशक्ति परिचालन गरी कोरोना नियन्त्रणमा प्रभावकारी अभियान संचालन गर्ने बताइएको छ । यसका लागी आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामग्री र आइसोलेसन निर्माणको काम बोलपत्र आह्वान गरी नियमानुसान गर्ने निर्णयमै उल्लेख गरिएको छ ।
सिमरा स्थित एक होटलमा नगरका प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रजिअ रुद्र प्रसाद पण्डित, प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, नेकपा जिल्ला कमिटी संयोजक क्षेत्र बहादुर श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि मोहन शर्मा लामिछाने लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बिरगञ्जमा कोरोना भाइरसको संक्रमणले कडा रुप लिएपछी छिमेकी जिल्ला बारा सहित सिमरामा पनी यसको जोखिम उच्च देखिएको छ । पथलैया बिरगञ्ज औधोगिक करिडोरमा संचालन भइरहेको उद्योगधन्दामा काम गर्ने भारतिय कामदारका कारण यहाँ कोरोनाको त्रास उच्च देखिएको कतिपयको बुझाई छ ।






Write your Comment