जीतपुरसिमराका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण, उद्योग आसपासका क्षेत्रमा जोखिम उच्च

रातोघर

 २०७७ श्रावण २६, सोमबार  मा प्रकाशित
६९५ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का एकजना वडा सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको म्याग्नेस फर्माच्युटिकल्स प्रा.ली.मा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

सोही उद्योगमा काम गर्ने थप एक जनप्रतिनिधी समेत रहेका कर्मचारीलाई पछिल्लो पटक कोरोना संक्रमण देखिएको वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवानले जानकारी दिएको छन् ।

शुरुमा बिरगंज १५ स्थाई घर भएका क्वालीटी जाँचमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखा परेपछी उद्योगले आफ्ना ४६ जना कार्यरत मजदुर र कर्मचारीको पिसिआर परिक्षण गरेको थियो ।

कार्यरत ४६ कर्मचारी मध्ये हालसम्म १५ जनाको परिक्षणको रिपोर्ट आएको मध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको देवानले बताएका छन् । अन्यहरुको रिपोर्ट आउन बाँकी छ ।

संक्रमण पुष्टी भएकालाई अहिले उद्योगले नै क्वारेन्टीनको ब्यवस्था गरी राखेको छ । कर्मचारीमा संक्रमण देखिएपछी उद्योग बन्द गर्न अध्यक्ष देवानले आग्रह गरेपनी प्रमुख जिल्ला अधिकारीले कुनै सुनुवाई नगरेको गुनासो गरे ।

यता उद्योग संचालनमै रहेका कारण उद्योग वरीपरीका बस्तीमा संक्रमण फैलन सक्ने भन्दै स्थानियमा त्रास छाएकोे भन्दै संक्रमण पुष्टी भएका कामदारहरुका आफन्तको समेत पिसिआर परिक्षण आवश्यक रहेको देवानले बताए । उनका अनुसार उद्योगले आफन्तको परिक्षणमा कुनै चासो देखाएको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban