जगदम्बा स्टिलका ५ जना कोरोना संक्रमित कहाँ भागे ? नगरप्रमुख माथी खनिय स्थानिय

रातोघर

 २८ श्रावण २०७७, बुधबार २१:०९  मा प्रकाशित
२५८७ पाठक संख्या



सिमरा । बाराको जितपुरसिमरा उपमहानगरमा रहेको जगदम्बा स्टिलका ११ जना मजदुरमा कोरोना संक्रमण देखिएपछी उद्योग सिल गर्न स्थानियले आवाज उठाएका छन् । जसमध्ये ६ जना क्वारेन्टिनमा छनभने बाँकी ५ जना सम्पर्क बिहिन छन् ।

स्थाानियले उद्योगलाई संक्रमण फैलन उपमहानगरपालीकाले नै प्रशय दिएको नगरप्रमुख माथी आरोप लगाएका छन् । उनीहरुले कुनै ब्यक्तिका घरमा संक्रमण देखिए घर सिल गर्ने तर उद्योगमा संक्रमण देखिए तापनी उद्योगलाई बन्द गरी संक्रमण रोक्न कुनै पहल नगरेको प्रती आक्रोस ब्यक्त गरे ।

स्थानियले प्रमुख डा. पौडेललाई नगरले उद्योग सिल गर्न नसके जनताले गरिदिने भन्दै कहाँ के गनुृपर्ने तयार रहेको समेत बताए ।

आज सिमरा स्थित होटल सिमरा इन अगाडि नगरका प्रमुख डा. कृष्ण पौडेल सहित जनप्रतिनिधिलाई स्थानियले प्ले कार्ड सहित घेराउ गरेका हुन् ।

प्रत्येक घरका एक सदस्यको पिसिआर परिक्षण, कोरोना नियन्त्रणको प्रभावकारी भुमिका लगाएतका विषयमा तत्काल कार्य अगाडी बढाउन आवाज उठाएका हुन् ।

यसैबिच सम्पर्क बिहिन भएका उद्योगका संक्रमित ५ कामदारको तत्काल खोजी गर्न समेत जनप्रतिनिधिलाई खबरदारी गरेका छन् । यसअघि उद्योगका संक्रमित ६ कामदारलाई सिमरा स्थित होटल प्याराडाईज्डमा क्यारेन्टिनमा राखिएको छ ।

होटलले स्थानियको समस्यालाई ध्यानमा राखी यो महामारीका बेला होटललाई क्वारेन्टिन बनाउन सहमती दिईएको होटल प्रतिनिधि राजन उप्रेतीले जानकारी दिए ।

यता नगरका प्रमुख डा. कृष्ण पौडेलले जगदम्बा सील गर्न नगरले मात्र नसक्ने भन्दै सम्बन्धित निकयहरुसंग छलफल भईरहेको बताए ।

Write your Comment