जीतपुरसिमरामा कोरोनाले फेरी एक जनाको ज्यान गयो

रातोघर

 २०७७ भाद्र ६, शनिबार  मा प्रकाशित
८१० पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोनाले थप एक जनाको ज्यान गएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार राती ज्यान गएको हो ।

उनलाई शुरुमा ज्वरो र खाकी लागेपछी सिमरा स्थित अल्पाइन अस्पताल पुर्याइएको थियो ।

अस्पतालले ज्वरो नियन्त्रण गर्न लगातर ७/८ वटा इन्जेक्सन लगाउँदै एक हप्ता सम्म पनी ज्वरो नियन्त्रण नभएपछी उनलाई बिरगञ्ज स्थित नारायणी अस्पताल पुर्याइएको हो ।

नारायणी लगेपछी मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भयो ।

त्याहाँँपनी राम्रो उपचार हुन नसकेपछी केही दिनमा उनलाई गण्डक अस्पताल पुर्याइयो थियो । कोभिडले च्यापेपछी उनलाई थप उपचारका लागी शुक्र्रबार नै काठमाण्डौ लगिएको हो ।

काठमाण्डौ अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको हो । उनलाई पहिलेदेखी नै उच्च रक्तचारको समस्य रहेको परिवार स्रोतले जनाएको छ ।

यसअघि नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षे शेख समी उल्लाह ननकको पनी कोरोनाका कारण ज्यान गएको हो । उनीपनी मधुमेह र प्रेसरका बिरामी थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban