‘नगर उद्योग वाणिज्य संघको बिज्ञप्ती गैरकानुनी’ , सच्याउन चेतावनी

संघले निगरानी समितीको बिरोध गर्नु खेदजनक छ : वडा अध्यक्ष श्रेष्ठ

रातोघर

 ११ भाद्र २०७७, बिहीबार १९:२६  मा प्रकाशित
५१ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालीका नगर उद्योग वाणिज्य संघले स्थानिय उद्योगका बिषयमा जारी गरेको बिज्ञप्ती गैरकानुनी भएको स्थानिय युवाले आरोप लगाएका छन् ।

पछिल्लो समय स्थानिय करिडोरका उद्योगले भारतीय कामदाम नेपाल झिकाई उद्योग संचालन गर्न थालेपछी स्थानिय युवाको नेतृत्वले उद्योगमा निगरानी शुरु गरेको थियो ।

सबैभन्दा बढी कामदार रहेको जगदम्बा स्टिलमा युवाले विशेष निगरानी बढाएका छन् । उद्योगले प्लान्ट संचालन गर्ने बहानामा भारतका कामदार रातारात उद्योग भित्राएपछी उनीहरु समुहगत रुपमै बिरोधमा उत्रिएका हुन् ।

यसै बिषयमा नगर उद्योग वाणिज्य संघले उद्योग संचालन गर्न नदिने स्थानियहरुलाई लक्षित गरी बिज्ञप्ती नै निकालेर बिभिन्न आरोप लगाएपछी उनीहरु उद्योग वाणिज्य संघको कार्यलाई गैरकानुनी भएको बताइरहेका छन् ।

स्थानिय सरकार संचालन ऐनमा वडा समितीले आफ्ना मातहतका उद्योगहरुलाई अनुगमन र नियमन गर्न पाउने र वडामा संक्रामक रोगले महामारीको रुप लिए नियन्त्रणमा भुमिका निर्वाह गर्नुपर्ने बाध्यकारी कानुनी ब्यवस्था छ ।

सोही अनुरुप वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठको नेतृत्तमा कोभिड १९ रोकथामका लागी खवरदारी समिती गठन गरेको बताइएको छ । उद्योगलाई मापदण्ड अनुसार संचालन गर्न खवरदारी गर्ने कार्यलाई संघले सो कार्य गर्न नपाउने भन्ने उल्लेख गरेकाले बिज्ञप्ती गैरकानुनी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

उद्योग वाणिज्य संघ नै कालोबजारी लिप्त’

नगर उद्योग वाणिज्य संघ उद्योगलाई सहजीकरण भन्दापनी कालोबजारीमा लागेको स्थानिय युुवाको आरोप छ । उनीहरुले वाणिज्य संघ नै पटक पटक बिवादमा मुछिएको भन्दै आफ्नो जिम्मेवारी गम्भिर ढंगले बहन गर्न र अरुको अधिकारमाथी हस्तक्षेत्र नगर्न उनीहरुको टिप्पणी छ ।

केही समयअघि मात्रै बजारको खाद्य्य मुल्य निर्धारणमा बजारमा किनबेच भएको दरभाउ भन्दा बढी मुल्य तोकेकाले उनीहरुले संघमाथी नै कालोबजारीमा लिप्त भएको आरोप लगाएका हुन ।

‘उद्योग वाणिज्य संघ आफैँ कालोबजारीमा लिप्त छ , बिगतका उदाहरणहरु नै काफी छन् ,’ स्थानिय युवा अगुवा कृष्ण अधिकारी भन्छन् , ‘हामीलाई हाम्रो आँगनको उद्योगको माया राम्रोसंग छ । उद्योग बिस्थापित हुनुपर्छ भन्ने हाम्रो तर्क होइन, मापदण्डमा चल्नुपर्यो भन्ने मात्र कुरा हो । सामान्य खवरदारी गर्दा संघलाई किन टाउको दुखाई ?’

हल्लाको भरमा गैरजिम्मेवार आरोप

बिज्ञप्तीमा नेपाली कामदारलाई समेत भारतिय भनी दुख दिएको र नागरिकता मागेको भन्ने सन्दर्भ हल्लाको भरमा र भ्रमपुर्ण ढंगबाट आएको स्थानिय युवाको भनाई छ ।

स्थानिय युवा शुसिल ढकालले वास्तबिव सन्दर्भ नबुझिकनै हल्लाको भरमा बिज्ञप्ती आएको बताएका छन् । उनले कुनैपनी कामदारको नागरिकता वा अन्य कागजात अहिलसम्म नमागेको भन्दै कामदारलाई नै नियन्त्रणमा लिएको भन्ने गैरजिम्मेवार आरोप सच्याउन आग्रह गरेका छने ।

‘मध्यरातमा गलत ढंगले कामदार ओसारपसार गर्ने उद्योगलाई हामीले खवरदारी गर्न किन नपाइने ? जनप्रतिनिधी र प्रहरीको रहोबरमा गरिएको सोधपुछ कार्य कसरी नियन्त्रण हुन सक्छ ?’ ढकालले भने, ‘यो आरोप तुरुन्त फिर्ता लिन आग्रह गर्छु, कुनैपनी संस्था वा संघको लेटरप्याडमा मनोमानी लेख्न कानुनी राज्यमा कसैलाई छुट छैन ।’

संघका अध्यक्षले एक रेडियो अन्तरवार्तामा ‘टोले युवा’ भनी आर्थिक प्रभावको आरोप लगाएको प्रति स्थानिय युवाहरु आक्रोसित बनेको समेत ढकालले बताएका छन् । अपमानजनक भाषामा सिमराका युवालाई आरोप लगाएको भन्दै शब्द फिर्ता लिन र माफी माग्न समेत खवरदारी अभियानका अभियान्ताहरुले कडा चेतावती समेत दिएका छन् ।

संघले निगरानी समितीको बिरोध गर्नु खेदजनक छ : वडा अध्यक्ष श्रेष्ठ

जीतपुरसिमरा २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले वडामा कोभिड १९ नियन्त्रणमा खवरदारी समिती बनाउनु त्यो नितान्त वडाको अधिकारको कुरा भएको बताएका छन् ।

कानुनी रुपमा वडा समितीले उद्योग निगरानी र संचालनमा सहजताको जिम्मेवारी भएकोले यसमा नगर उद्योगको चासो अनावश्यक भएको टिप्पणी गरेका छन् ।

उद्योगले उद्योग संचालन मापदण्डको पालना नगरे कोभिड फैलन सक्ने सम्भावन बढेपछी निगरानी समिती नै खडा गरी कोरोना रोकथाममा लागेको बताउँदै अध्यक्ष श्रेष्ठले उद्योगलाई कुनैपनी हिसावले दुःख दिने मनसाय जो कसैको नरहेको उनको तर्क छ ।

यसैबिच बिज्ञप्तीमा उद्योग संचालन मापदण्डकै बिरोध गरिएको छ । संघका अध्यक्ष संजय साहको हस्ताक्षरमा जारी भएको बिज्ञप्तीमा उद्योग मापदण्डलाई ‘राज्यले लादेको असान्दर्भिक मापदण्ड’को संज्ञा दिइएको छ ।

खवरदारी समितीको बिरोध गर्दै बिज्ञप्तीमा यो अभियानले जाती र रंगका आधारमा बिभेद बढने र औधोगीक नगरी थप अराजकता तर्फ थकेलिने समेत चेतावनी दिइएको छ । पछिल्लो समय उद्योगले कोभिड १९ फैलाउन सक्ने अवस्थाको रोकथाम अभियानलाई बिज्ञप्तीमा अनाधिकृत समिती गठन गरी उद्योगीलाई दुख दिएको भनि आरोप लगाइएको छ ।

Write your Comment