बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

रातोघर

 २९ आश्विन २०७७, बिहीबार २२:२८  मा प्रकाशित
५९९ पाठक संख्या



रौतहट । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । बृन्दावन नगरपालिका वाड नं. ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ प्रहरीले आज पक्राउपछी  सार्वजनिक गरेको हो ।
साहलाइ गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा सन्जु कुमारी साहलाई बलात्कार गरि हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

रौतहटको गढीमाइ नगरपालिका वाड नं. १ समनपुरका १४ बर्षीया सन्जा कुमारी साहको शंकास्पद अबस्थामा शब फेला परेको थियो । वृन्दावन नगरपालिका वाड नंं ४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको सोही गाउका होस नारायण यादवको उखुबारीमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रबक्ता भरत श्रेष्ठले जानकारी दिएका छन । जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

Write your Comment