

काठमाडाैं । नक्कली फेसबुक पेज बनाएर अश्लील र आपत्तिजनक भिडियाे पठाउनेलाइ प्रहरीले पक्राउ गरेकाे छ । अश्लिल भिडियाे पठाउने र तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ । अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाले यस किसिमकाे गतिविधी गर्दै आएकाे र उनलाइ पक्राउपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीको साइबर क्राइम व्यूरोमा विज्ञप्ति जारी गदै जनाएको छ ।
बुढाले चर्चित नायिकाकाे फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेपछि उनी बिरुद्ध परेकाे निवेदनकाे आधारमा प्रहरीले पक्राउ गरेकाे थियाे । बुढाले हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर अश्लील गतिविधि सञ्चालन गरेको समेत पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
बुढाले अछामको ढकारी गाउँपालिकाकाे नाममा अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले भन्दै गाउँपालिकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अश्लिललता फैलाउने पक्राउ
यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्याल बताए ।





Write your Comment