भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

रातोघर

 १ कार्तिक २०७७, शनिबार ०८:३९  मा प्रकाशित
४९४ पाठक संख्या



काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३आंै स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महŒवबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भोकमरीको अवस्था अन्त्य गरी खाद्य सुरक्षा कायम गर्र्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढ अठोटका साथ अघि बढिरहेको बताए ।

मन्त्री भुसालले १० वर्षमा कृषि उत्पादन दोब्बर गर्ने गरी उत्पादकत्व अभिवृद्धिका कार्यक्रम ल्याइएको दाबी गरे । मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’को अवधारणामा आधारित रही सहुलियत मूल्यमा मल, बिउ, नश्ल, सिँचाइ, बिजुली जस्ता उत्पादनका आधारभूत साधन स्रोत सबैको पहुँचमा पु¥याउने अभिप्रायका साथ सरकार क्रियाशील रहेको जनाए ।

Write your Comment