डाबर नेपालका २ कर्मचारीसहित प्रदेश नम्बर २ मा थप २६ जनामा कोरोना पुष्टि

रातोघर

 ४ कार्तिक २०७७, मंगलवार ०९:२७  मा प्रकाशित
३६५ पाठक संख्या



४ कात्तिक । पर्सा, बारा, सर्लाही र रौतहटगरी प्रदेश नम्बर २ मा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालको पिसिआर ल्याबमा सोमबार अबेर रातिसम्म पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ९ वर्षीय बालकसहित २६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।

 

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ८, १०, १२, १६, २० र २२ मा एक/एक जना, बहुदरमाई नगरपालिका वडा नम्बर ९ मा एक जना, बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ मा एक जना र पकाहमैनपुर गाउँपालिका वडा नम्बर ४ र ६ मा एक/एक जनामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी बाराका २४ जनाको कोरोना परिक्षण गर्दा पर्सौन गाउँपालिका वडा नम्बर १ का एक जना, कलैया उपमहानगरपालिका वडा नम्बर १८ का एक जना र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ का दुई/दुई जनागरी ६ जना संक्रमित थपिका छन् ।

 

थपिएका संक्रमितहरुको सिटि भ्यालु २४ देखि ३३ सम्म रहेको डाक्टर चौरसियाले बताए । सिटि भ्यालु २४ भन्दा माथि रहेका संक्रमितहरुले अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउने गरेका छन् ।

yatradaily

Write your Comment