तीन युवती सवार स्कुटर दुर्घटना, एकको मृत्यु, दुई घाइते

रातोघर

 २०७७ कार्तिक ६, बिहिबार  मा प्रकाशित
५६८ पाठक संख्या


विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा तीन जना युवती सवार रहेको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

बुधबार राति ११:४५ बजेतिर भएको दुर्घटनामा परेर दुई युवती घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर दुर्घटनामा पर्दा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर ज्यान गएको हो।

दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन्। अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Annapurnapost

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban