पोखरामा कोरोनाबाट ३६ वर्षीया महिलाको मृत्यु

रातोघर

 २०७७ कार्तिक १३, बिहिबार  मा प्रकाशित
४३३ पाठक संख्या


१३ कात्तिक,। पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।

कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् ।

Onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban