

रुकुम। रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जना जन्तिको घटनास्थलमै निधन भएको छ। एक जना घाइते भएको प्रहरीले जनाएको छ। आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दु’र्घटना हुँदा घट’नास्थलमै ४ जनाको नि’धन भएको हो। जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दु’र्घटना भएको थियो।
प्रहरीका अनुसार दु’र्घट’नामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली,६६ वर्षीय सार्के नेपाली,४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको नि’धन भएको हो। दु’र्घट’नामा ६० वर्षीय लालबहादुर नेपाली ग’म्भीर घा’इते भएका छन्। जिप जन्ती लिएर जाँदै गरेको बताईएको छ।





Write your Comment