२४ घण्टामा १२५५ संक्रमित थपिए : २५ जनाको मृत्यु

रातोघर

 २०७७ मंसिर १४, आईतबार  मा प्रकाशित
४०७ पाठक संख्या


काठमाडौं : पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ।

 

 

मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १४ सय ७९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइराखेको छ। अहिलेसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban