अफगान सैनिक शिविरमा बम हमला: २६ सैनिकको मृत्यु १७ गम्भीर घाइते

रातोघर

 १४ मंसिर २०७७, आईतवार १७:३९  मा प्रकाशित
१३३ पाठक संख्या


काबुल : अफगानिस्तानको घाज्‍नी प्रान्तस्थित सैनिक शिविरलाई लक्षित गर्दै गरिएको कार बम आक्रमणमा २६ जना सैनिकहरुको मृत्यु भएको छ । १७ जना गम्भीर घाइते छन् ।

 

स्थानीय मिडियाका अनुसार आइतबार भएको यो आत्मघाती आक्रमणलाई सैनिक शिविरमाथि गरिएको सबैभन्दा ठूलो हमलाको रुपमा लिइएको छ ।

घटनाका सबै घाइते सैनिकहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनका अनुसार एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन मार्फत सैनिक शिविरभित्र विस्फोट गराएका थिए ।

साथै सरकारले घटनाबारे तत्कालै अनुसन्धान गरिने जनाएको छ । तर हमलाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

Aanapurnapost

Write your Comment