अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

रातोघर

 १७ मंसिर २०७७, बुधबार ११:०८  मा प्रकाशित
५२५ पाठक संख्या



इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो ।

गएको १५ गते श्रीमतिको मृत्यू भएको हो भने १६ गते राती श्रीमानको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराईरहेका श्रीमान (पुरुष)को मंसिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो । ८ गते स्वाव संकलन गर्दा उनको रिपोट पोजेटिभ देखिएको थियो । मंसिर १३ भ्याटिलेटरबाट निकालेर उपचार गरेको थियो । १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतिलाई श्रीमानको स्वास्थ्य अवस्थावारे जानकारी गरायो ।

अस्पतालबाट आफ्ना श्रीमानको स्वास्थ्य स्थितीबारे जानकारी पाएपछि श्रीमतिले श्वास फेर्न अप्ठ्यारो भएको जानकारी गराइन् र उनलाई अस्पताल लगियो । अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

नेकपाका फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले अस्पताल लाँदा लाँदै श्रीमतिको मृत्यु भएको जानकारी दिए । उपचारत पुरुषको १५ गते पुन गरिएको स्वाव परक्षणको रिपोर्ट आईनसकेको स्वास्थ्य कार्यालय इलामका फोकलपर्सन विमल बरालले बताए ।

Write your Comment