बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

रातोघर

 २०७७ मंसिर १९, शुक्रबार  मा प्रकाशित
६३२ पाठक संख्या


धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् ।

गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।
बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।

 

अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर मल्लले बताए । कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका बोहराको निगरानीको लागि आइसोलेसन बाहिर प्रहरी तैनाथ रहेका भएपनि प्रहरीलाई छलेर बोहरा भाग्न सफल भएको घटनालाई शंकास्पद रहेको छ ।

 

बोहरा आइसोलेसनबाट भागेर फरार भएपछि खोजी भइरहेको डीएसपी मल्लको भनाई छ । बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ बोहरालाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, उमेर कम भएका कारण उनलाई बाल सुधार गृह डोटीमा राखिएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban