थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

रातोघर

 २०७७ मंसिर २७, शनिबार  मा प्रकाशित
४३४ पाठक संख्या


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७ हजार ४१४ जनाको पिसिआर परीक्षण भएकामा ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । अहिले देशभर ११ हजार ६७३ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ३५९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३४ हजार २३१ रहेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६८९ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban