तयारी हालतमा बस्‍न नेपाली सेनालाई जंगीअड्डाको सर्कुलर

रातोघर

 २०७७ पौष ५, आईतबार  मा प्रकाशित
६०६ पाठक संख्या


काठमाडौं : संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरु’द्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।

बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षा उत्पन्‍न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने,नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षामा कस्तो असर पार्छ भन्‍ने हाम्रो चासो हो। त्यसका लागि स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायलाई कस्तो सहयोग गर्नुपर्छ भन्‍नेबारेमा छलफल र तयारी हो।’

प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban