बेलायतबाट नेपाल प्रवेशमा राेक

रातोघर

 २०७७ पौष ७, मंगलबार  मा प्रकाशित
६७१ पाठक संख्या


काठमाडाैं । सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धि बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पुस १ गतेपछि नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्यारेन्टिन बसेर जाँच गरेपछि मात्र गन्तव्य जान पनि अनुरोध गरेको छ।

यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले पनि अनिवार्य रुपमा १० दिन क्वारेन्टिन बसी परीक्षण गरेर मात्र गन्व्यमा जान सरकारले अनुरोध गरेको छ । बेलायतमा काेराेना भाइरसकाे प्रकाेप बढेपछि अन्य थुप्रै मुलुकले बेलायत यात्रा प्रतिबन्ध लगाएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban