जसपाले संसद विघटना बिरुद्ध आन्दोलन गर्ने

रातोघर

 २०७७ पौष ७, मंगलबार  मा प्रकाशित
४६३ पाठक संख्या


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । उक्त पार्टीको मंगलवार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले आन्दोलनको कार्यतालिका सार्वजनिक गरेको छ ।

बैठकले देशव्यापी प्रदर्शनदेखि राष्ट्रपति प्रधानमन्त्रीको पुत्ला दहनसम्मको कार्यक्रम घोषणा गरेको छ । समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban