थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

रातोघर

 २०७७ माघ ७, बुधबार  मा प्रकाशित
४३३ पाठक संख्या


काठमाडौँ । नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार १२ जनाको पिसीआर परीक्षण भएकामा २०६ पुरुष र ११२ महिलामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६८ हजार ३१० पुगेको छ । अहिले देशभर ३ हजार ६९३ जना सक्रिय सङ्क्रमित छन् । थप ३८३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६२ हजार ६४२ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

 

गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban