काठमाडौको बिरोध सभा : बाराबाट उत्साहजनक सहभागीता(फोटो सहित)

रातोघर

 ९ माघ २०७७, शुक्रबार १७:५९  मा प्रकाशित
१४२ पाठक संख्या


काठमाडौ / प्रधानमन्त्री केपि शर्मा ओलीको संसद् बिघटन बिरुद्ध नेकपा (प्रचण्ड–माधव खेमा) आज काठमाडौमा आयोजित बृहत जनप्रदशन कार्यकम्रमा बारा जिल्लाको १६ ओटा स्थानिय तहवाट १५ सय देखि २ हजार कार्यकर्ता  सहभागी भएका छन् ।

 

प्रधानमन्त्री ओलीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर भन्दै आज काठमाडौमा आयोजित जनप्रदशन एंवम् बिरोध कार्यकम्र बारा जिल्लावाट आज बिहान ४ बजेदेखि  नै दर्जनौ सवारी साधनमा कार्यकर्ताहरु काठमाडौ प्रस्थान भएका थिए ।  नेकपा बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठका अनुसार काठमाडौंमा हुने  कार्यकम्रमा आर्थिक व्यवस्थापनका लागि भने केन्द्रिय सदस्यहरुलाई १० हजार, प्रदेश सदस्यहरुवाट ५ हजार,जिल्ला सदस्यहरुवाट १ हजार र नगर कमिटि सदस्यहरुका लागि ५ सय रुपयाँ देखि १ सय रुपयाँ सम्म आर्थिक संकलन गरिएको बताए ।

 

‘ओली पक्षको कार्यकम्रमा राज्यको पैसा राईछाई खर्च गरिएको छ,तर हाम्रो कार्यकम्रको व्यवस्थापन असाध्यै राम्रोसँग भएको छ, यसमा हामी पनि अचम्मित छौ’ नेकपा बारा जिल्ला अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठले कार्यकम्रमा जाने कम्रमा सरकारको पक्षवाट कुनै अवरोध भए त्यसलाई भत्काएर राजधानी  पुग्ने जनाएका छन् । उनले ओली पक्षमा देखिएका  कार्यकर्ताहरु ढिलोचाँडो मुल पार्टीमा आउने दावी गरे । आज काठमाडौमा भएको बिरोध सभामा सहभागी हुन प्रदेश नं २ बाट १० औ हजार कार्यकर्ता सहभागी भएको प्रचण्ड–माधव पक्षका नेताहरुले दावी गरेका छन् ।

 

Write your Comment