


काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको बाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ ।




Write your Comment