बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो

रातोघर

 २०७७ माघ २३, शुक्रबार  मा प्रकाशित
४१४ पाठक संख्या


काठमाडौं । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानिय जंगलमा शब फेला परेको हो ।

बुधबार घरबाट विद्यालय गएकी किशोेरी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा जंगलमा शव भेटिएको थियो ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ ।’ स्थानिय शिबराज भट्टले जानकारी दिए ।

सनातन धर्म माविमा अध्ययनरत किशोरी बुधबारसम्म विद्यालय आएको प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए ।

घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’ उनले भने ।

घटनाबारे अनुसन्धान गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban