टिकटकले लियो कञ्चनपुकी १३ वर्षीया करुणाको ज्यान

रातोघर

 २०७७ माघ २४, शनिबार  मा प्रकाशित
९५५ पाठक संख्या


धनगढी: भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ,जति फेसबुक। टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ।

रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा ह’दैसम्म जाने गर्छन्। तर उनीहरु त्यसले पारिरहेको नका’रात्मक असरबारे अनविज्ञ जस्तै छन्।

झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ। टिकटकमा भाइरल बन्ने भु’त सवार हुँदा मानिसहरु विभिन्न जोखिम मोल्न समेत पछि परिरहेका छैनन्।

यसको उदाहरण दाङका २४ वर्षीय रमेश थापा बनेका थिए। गत पुस ४ गते झुलुंगे पुलमा झुण्डि’एर टिकटक बनाउने क्रममा ख’सेर उनको ज्या’न गएको थियो।

यस्तै घट’ना सुदूरपश्चिम प्रदेशमा समेत घटेको छ। कञ्चनपुकी एक बालिकाले समेत टिकटकका का’रण सानै उमेरमा ज्या’न गुमा’उनु पर्‍याे।

कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकको भु’तले समाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो।

त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पंखामा डोरी बाँ’धिन। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाक’लापका बारेमा उनी जानकार भएनन्।

बारीमा घाँस का’ट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा झु’ण्डाएको डोरी घाँ’टीमा समेत बाँधेकी थिइन। सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झु’ण्डीएको एक आफन्तले बताए।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घट’नाबारे जानकारी गराउन पुगे। घट’नाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो।

त्यतिन्जेलसम्म करुणाले प्राण त्यागी’सकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घ’टनाका बेला घरमा नभएको एक आफन्तले बताए।

उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमा’इसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डुबेर मृ’त्यु भएको थियो।

उक्त घा’उ निको नहुँदै फेरि उनीलाई ठुलै बज्र’पात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँ’सु थामिएका छैनन्। उनीहरु रोइ’रहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसा’इरहेको आफन्तहरु बताउँछन्।

उक्त घट’नाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।

‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा झुुण्डी’एको अवस्थामा फे’ला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घट’नाको अझै अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिर्पाटले पनि झु’ण्डी’एकै का’रण उनको मृ’त्यु भएको पुष्टि गरेको छ।

 

दिनेशखबरबाट

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban