सिमराबाट पोखरा उडान सुरु हुँदै

रातोघर

 २०७७ फागुन १, शनिबार  मा प्रकाशित
६३९ पाठक संख्या


बाराको सिमरा विमानस्थलदेखि पोखर विमानस्थलसम्म चैत्रदेखि उडान हुने भएको छ ।

यसअघि २०७६ माघ दोस्रो सातादेखि उडान सुरु गर्ने भनिए पनि स्थगित भएको थियो ।

सुरुमा साताको आइतवार, बुधवार र शुक्रबार गरी तीन दिन पोखरा–सिमरा–पोखरा उडान गर्ने पनि निर्णय भएको छ । प्रदेशमन्त्री, पोखरा महानगर, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, बाराबाट आएको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख, यति एअरलाइन्स, पोखरा नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

बारा र पर्सा (वीरगञ्ज) औद्योगिक र व्यापारिक हब भएकाले हवाई सेवामार्फत पर्यटकीय गन्तव्य पोखरालाई जोड्न ढिलाइ गर्न नहुने बैठकका सहभागीको भनाइ थियो ।

आन्तरिक मात्र नभई भारतीय पर्यटकले पनि हवाई सेवाबाट लाभान्वित गर्ने उद्देश्यले सिमराबाट पोखरसम्मको उडानले महत्वपूर्ण भूमिका खेल्ने वीरगञ्जका उद्योगीहरुको बुझाइ छ । भारतको बिहार राज्यबाट पर्यटकहरु सिमरा हुँदै पोखरा जाने उद्योगीहरुले विश्वास व्यक्त गरे ।

जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जयकुमार साहले सिधा हवाई उडान सेवाले पोखरा र एअरलाइन्स कम्पनीले फाइदा लिने बताए । ‘पर्यटन व्यवसायीले प्याकेज बनाएर ल्याएमा भारतीय पर्यटक पनि सजिलै पोखरा आउने वातावरण बन्छ,’ उनले भने, ‘हवाई उडानलाई नियमित गर्न सबैले सहयोग गर्नुपर्छ ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban