जगदम्बा स्टिलको रबैया बिरुद्ध स्थानिय आन्दोलित, मुलगेटमै प्रहरीसंग झडप र आगलागी (भिडियो सहित)

रातोघर

 ४ चैत्र २०७७, बुधबार २१:४७  मा प्रकाशित
९६८ पाठक संख्या


सिमरा ।
बाराको सिमरा स्थित जगदम्बा स्टिल प्रा.ली. को प्रदुषण बिरुद्ध स्थानियले उद्योगको गोदाम घरको मुलगेटमा लगाएको ताल्चा खुलाउन जाँदा स्थानिय र प्रहरी बिच दोहोरो झडप भएको छ ।
स्थानियले वातावरण प्रदुषण ऐन बिरुद्द उद्योग संचालन गरेको, सिमराको जंगल क्षेत्रमा पर्ने सिमसार क्षेत्रलाई अतिक्रमण गरि उद्योग बिस्तार गरेको तथा उद्योगले सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि बनाएको संरचनामा उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गरेपश्चात घरहरु चर्किन चालेको भन्दै स्थानियहरुले उद्योगको गोदाम जाने गेटमा ताल्चा लगाएका थिए ।

सोही ताला खोल्न उद्योगले प्रहरी परिचालन गरेपछी झडपको स्थिती सिर्जना भएको हो । झडपको क्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राजकिशोर साह तेली सहित ८ जना प्रहरी घाईते भएका छन्भने प्रहरीले झडपमा संलग्न भनि ३ जनालाई पक्राउ समेत गरेको थियो ।
पक्राउ गरेलगत्तै स्थानियले ६ लेन सडक नै अवरुद्ध गरि प्रहरी दमन बिरुद्ध प्रतिकारमा उत्रेपछी अन्ततः प्रहरी पछी हटेको छभने पक्राउ परेकालाइ रिहा गरेको छ ।
(भिडियो)

Write your Comment