कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

रातोघर

 ९ बैशाख २०७८, बिहीबार २३:४३  मा प्रकाशित
९८ पाठक संख्या


सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारी सेवामा रहेका उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए ।

संक्रमण पुष्टी भएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरकै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । यो संगै जिल्लामा एक महिना यता कोरोना संक्रमितको कुल संख्या सात पुगेको छ । संक्रमित मध्ये एक जना महिला कर्मचारी पनि छिन । स्वास्थ्य मापदण्डको पालना गर्दै सबै संक्रमित अहिले होम आईशोलेशनमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

सेवाग्राहिको चाप रहने सरकारी तथा स्थानीय तहका कर्मचारीमा संक्रमण देखिन थालेपछि सेवाग्राही र कर्मचारी दुबैमा सन्त्रास बढेको छ । थप संक्रमण पैmलिन नदिन सेवाग्राहीको आवागमन तथा कार्यालयको भित्री ब्यवस्थापनमा स्वास्थ्य सुृरक्षाको मापदण्ड कडाईका साथ लागु गर्नु पर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

Write your Comment