वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारको क्रममा ७ बजेर ३७ मिनेटमा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
कोभिड निमोनियाले ग्रसित उनको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए ।
मंगलबार वीरगञ्जमा बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी महिलाको मृत्यु भएको थियो ।
मृत्यु भएका सबैमा अक्सिजन लेभल मेन्टेन हुन नसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा ५३ जना बिरामी भर्ना छन् । सबै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको छ ।








Write your Comment