‘अक्सिजन ग्यास चाहियो भने हामीलाई फोन गर्नुस्’: जीतपुरसिमरा उपमहानगरपालिका

रातोघर

 १ जेष्ठ २०७८, शनिबार १०:५६  मा प्रकाशित
२७९ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले अक्सिजन ग्यास चाहिए सम्पर्क गर्न आग्रह गरेको छ । कोरोना लागेर उपचार गराउने क्रममा अक्सिजन चाहिए सम्पर्क गर्न वडा कार्यालयले आग्रह गरेको हो ।

वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपचारका क्रममा अक्सिजन ग्यास चाहिए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो । स्टाटसमार्फत उहाले ग्यास चाहिए वडाका जनप्रतिनिधिसंगै सचिवसंग सम्पर्क राख्न आग्रह गर्नुभयो ।

उहाको स्टाटस यस्तो छ कोबिट १९ को संक्रमण बाट ग्रस्त भै उपचार गराउदा यदि कसैलाई श्वास प्रस्वास मा गडबडि भै अक्सिजनको कमि भएमा वडा नं २१ को कार्यालय सचिब लगायत जन प्रतिनिधिसंग सम्पर्क गर्नुहोला । कोहि अक्सिजनको कमिले ज्यान गुमाउन नपरोस ।

A1 samachar.com

Write your Comment