संक्रमणका बेला दिनरात खटिने स्वास्थ्यकर्मीलाई मोवाइल शुल्क निशुल्क

रातोघर

 ११ जेष्ठ २०७८, मंगलवार १०:०९  मा प्रकाशित
१२६ पाठक संख्या


स्वास्थ्यकर्मीलाई एक महिनासम्म मोवाइल शुल्क निशुल्क हुने भएको छ । नेपाल टेलिकमले कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिनुहुने चिकित्सक, नर्स, फार्मेसिष्टलाई एक महिना निशुल्क टेलिफनको सुविधा दिएको हो ।

आइतबार देखि लागु हुने गरी टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर अन्र्तगत एक महिना सम्म पोस्टपेड र प्रिपेड ग्राहकलाई एक महिना निशुल्क गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । महामारीमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै हौसला बडाउन टेलिकमले एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराएको हो ।

नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ । टेलिकमले आइतबार नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच सम्झौता गरेको हो ।

स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बनि्धत परिषदहरु (नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर लागु हुने सम्झौतामा उल्लेख गरेको छ ।

Write your Comment