‘सरकारले गरेको राम्रो कामलाई पनि विरोधीहरुले विरोध नै गरे’ – प्रधानमन्त्री ओली

रातोघर

 २ असार २०७८, बुधबार २१:५०  मा प्रकाशित
२९ पाठक संख्या


प्रधानमन्त्री केपी ओलीले सरकारले राम्रा काम गर्दा पनि विरोधीहरू सल्बलाइरहेको बताउनुभएको छ।

बुधबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बसेको राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो।

सरकारले जनताका लागि जति राम्रो काम गरेपनि विरोध गर्नेको मुख सधैं खुला हुने गरेको बताउनुभएको छ। साथै नेपालमा  अहिले ठूलो विपतको समय भनेको बाढी पहिरो हो। यसमा प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिरहेका छन्। तर सबै व्यवस्था सरकारले गर्ने प्रतबद्धता जनाउनुभएको छ।

अहिले निकै चर्चामा आएको चुरेको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको हो। चूरे बिनास गर्ने सरकारको कुनै उदेश्य होइन।

साथै बाढी पहिरोबाट घाइते भएका हरुलाई उपचारको ब्यवस्था सरकारले नै गर्ने पनि बताउनुभएको छ। पहिरोले क्षति पुर्याएका नागरिकलाई राहतका लागि गृहमन्त्रालयले पहल गर्ने समेत बताउनुभयो।

Write your Comment