लायन्स कल्ब अफ सिमरा युथ :जितपुर सिमरा उपमहानगरपालिका निवासी क्यान्सर पिडित ढकाललाई नगद सहयोग

रातोघर

 २०७८ अषाढ २०, आईतबार  मा प्रकाशित
५९७ पाठक संख्या


सिमरा । जितपुर सिमरा उपमहानगरपालिका निवासी क्यान्सर पिडित १२ बर्षिय सलिना ढकाललाई लायन्स कल्ब अफ सिमरा युथले २६ हजार रुपैंया नगद सहयोग गरेको छ ।

शनिवार पिडित ढकालको घरमा पुगेर लायन्स सिमराको प्रतिनिधिहरुले उक्त रकम आमा सुस्मीता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक अभावमा सलिनाको उपचारमा समस्या भएपछि परिवारका सदस्यले सहयोगको याचना गर्दै आएको छ ।

गएको फागुनमा सलिनालाई क्यान्सर भएको हो । उक्त समय यता उनको उपचारमा परिवारका सदस्यले ऋणधन गरेर लाखौं खर्च गरिसकेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकाकारण सलिनाको उपचारमा समस्या भैरहेको आमा सुस्मीताले बताउनु भयो । हाल सलिनाको कान्ती बाल अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ ।

उपचार खर्च धान्दै समस्या भएपछि विभिन्न संघसस्थाहरुसँग परिवारले सहयोगे अपेक्षा राखेको हो ।

बालिका सलिनाको उपचारका लागि लायन्स क्लबले पहिलो किस्ता स्वरुप उक्त रकम प्रदान गरेका अध्यक्ष हंकल्पीत न्यौपानेले बताउनु भयो ।

क्यान्सर पिडित बालिकाको उपचार सहयोग रकम नेपाली कांग्रेस जीतपुरसिमराका नगर सभापती श्यामबाबु गुप्ता, लायन्स क्लव अफ युथ सिमराका अध्यक्ष न्यौपाने, सदस्यहरु सरोज खनाल ,त्रीलोक बिक्रम साह ,बसन्त खतिवडा, राजकुमार लामा, कपील खरेल , गोवीन्द चौधरी, सुशान्त शाह, दिवाकर भण्डारी, किशन ढकाल, कमल तिवारी, इश्वर ,निलिशा बर्मा, मिथलेस महतो लगायतबाट संकलन गरिएको जनाईएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban