थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

रातोघर

 २०७८ श्रावण १६, शनिबार  मा प्रकाशित
३३४ पाठक संख्या


१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै चितवनमा २३२, कास्कीमा २०२, मोरङमा १६९, झापामा १५३, सुनसरीमा ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban