जीतपुरसिमरामा दुर्गन्ध बढ्यो : ब्यवस्थापनको नाममा लाखौँ रकम भुत्तानी

रातोघर

 २६ श्रावण २०७८, मंगलवार ०८:५०  मा प्रकाशित
७६६ पाठक संख्या


बारा ।

बाराको जितपुर सिमरा उपमहानगरले फोहोर ब्यवस्थापनको जिम्मा लिएको एक कम्पनीलाई दुई बर्ष देखि लाखौ रकम सम्झौता अनुरूपनै भुक्तानी दिने गरेको खुलासा भएको छ ।

उपमहानगरले  ग्रिन एण्ड क्लिन सिटी प्रालिका संचालक नबराज खतिवडालाई फोहोर ब्यवस्थापन गरेको भन्दै बर्षेनी लाखौ रकम दिने गरेको हो । फोहोर ब्यवस्थापन स्थलको टुङ्गो नलाग्दै दुई बर्ष अघि पाँच बर्षको सम्झौता गरी फोहोर ब्यवस्थापनको जिम्मा खतिवडाको कम्पनीलाई जिम्मा दिएको थियो ।

सम्झौता गरेको २ बर्ष नपुग्दै कम्पनीले फोहर संकलन गर्न छाडेपछि नगरबासीको दबाब बढदा उल्टै ठेक्का लिने कम्पनीको पक्षमा उपमहानगरबाट वकालत गरेको पाइए पछि नगरपालीका र ठेकेदार कम्पनीको मिलोमतोका कारण फोहन ब्यवस्थापन हुन नसकेको बुझिएको छ ।

प्रत्येक ब्यबसायीसंग दुई सय रुपैयाँ प्रति महीना शुल्क उठाउने गरेको उपमहानगरको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, पथलैया, औराहा, डुमरवाना, अमलेखगञ्ज बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ ।

महिनौंसम्म फोहोर नउठेकै कारण होटल पर्यटन ब्याबसायनै दुर्गन्धले चौपट बनाउदै गएको होटल तथा पर्यटन ब्याबसायी संघका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

कम्पनीका संचालक नवराज खतिवडाले भने उपमहानगरले फोहर राख्ने जग्गाको टुंगो नलगाए सम्म फोहोर व्यवस्थापन तत्काल गर्न नसकिने बताउनुभयो ।


स्रोत : प्रकास लम्साल, इमेज च्यानल ।

Write your Comment